काठमाडौं–सरकारले नेपालको हवाई क्षेत्रलाई प्राथमिकतामा राख्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दैे भैरहवा विमानस्थल तथा पोखरा अन्तराष्ट्रिय विमानस्थल सञ्चालनको लागी पहल विशेष प्याकेजको ब्यवस्था गर्ने बताएका हुन् ।
यसैगरी हवाई सेवा थप सुलभ र प्रभावकारी बनाउँदै पहुँच योग्य बनाउन हवाई नीति र कानुनमा समसामयिक सुधार गर्ने भएको छ । यसका साथै आन्तरिक र अन्तर्राष्ट्रिय विमान स्थलको स्तर उन्नतीगरी पूर्ण क्षमतामा सञ्चालन गरिनुका साथै नेपाली वायुसेवा कम्पनीको अन्तराष्ट्रिय बजार विस्तार गरिने भएको छ ।



About Us
प्रतिक्रिया