अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायकसँग वैदेशिक मुद्रामा भुक्तानी हुने व्यवस्था मिलाइने

अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायकसँग वैदेशिक मुद्रामा भुक्तानी हुने व्यवस्था मिलाइने


काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षमा अन्तर्राष्ट्रिय भुक्तानी सेवाप्रदायक कम्पनीसँग अन्तरआवद्धता कायम गरी दिगो विद्युतीय प्रणलीबाट सुरक्षित रुपमा वैदेशिक मुद्रामा भुक्तानी हुने व्यवस्था मिलाइने बताएका छन् । पौडेलले आर्थिक वर्ष २०८१र०८२ को वार्षिक नीति तथा कार्यक्रम संघीय संसद्को दुवै सदन प्रस्तुत गर्ने क्रममा यस्तो बताएको हुन् ।

साथै, उनले बैंक, वित्त, लघुवित्त र बीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न विभिन्न समयमा भएका अध्ययन र अध्ययन समितीले दिएका सुझाव क्रमश लागू गर्दै लैजाने बताएका छन् ।