आज कारोबार रकम ३ अर्बमा खुम्चिएको दिन नेप्से सामान्य अंकले घट्यो

आज कारोबार रकम ३ अर्बमा खुम्चिएको दिन नेप्से सामान्य अंकले घट्यो


बैंकिङ्ग समाचार, काठमाडौं ।
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक १.६४ अंकले घटेको छ । बजार घटेर २ हजार ६ सय २८.३७  बिन्दुमा झरेको हो ।  बजारमा आज १८९ वटा कम्पनीको ३ अर्ब ८ करोड रुपैयाँ बराबरको ६४ लाख कित्ता शेयर कारोबार हुँदा आइसीएफसी फाइनान्सको सर्वाधिक १६ करोड कित्ता शेयर कारोबार भएको छ ।

८९ वटा कम्पनीको शेयरमूल्य बढ्दा ८६ वटा कम्पनीको शयर मुल्य घटेको हो भने १४ वटा कम्पनीके शेयर मुल्य स्थिर  रहेको छ । नेप्से सामान्य अंकले घटे पनि सेन्सेटिभ इन्डेक्स भने सकारात्मक देखिएको छ । विकास बैंक, निर्जीवन बीमा कम्पनी, फाइनान्स, हाइड्रोपावर र अन्य कम्पनीको शेयरमूल्य बढेको छ भने बाँकी सबैकम्पनीको शेयरमूल्य घटेको छ । 

न्यादी हाइड्रोपावर कम्पनी र सामलिङ पावर कम्पनीको शेयर मुल्य ९.९९ प्रतिशतले बढेर सर्किट लेभलमा पुगेको छ भने तेह्रथुम पावर कम्पनी, महालक्ष्मी विकास बैंक,कर्पोरेट विकास बैंक, समिट लघुवित्त वित्तीय संस्था, हिमाल दोलखा हाइड्रोपावर, आइसीएफसी फाइनान्स आदि कम्पनीको शेयर मुल्य बढेको हो ।

आज बजारमा बैंक अफ काठमाण्डु, ग्रीन लाइफ हाइड्रो,मितेरी डेभलपमेन्ट बैंक, इन्फिनीटी लघुवित्त, लाइफ इन्स्योरेन्स कम्पनी आदि कम्पनीको शेयरमूल्य घटेको छ ।