सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट

सानिमा लाइफद्वारा व्यतित बीमालेख नविकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट



काठमाडौं–सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट दिने व्यवस्था गरेको छ ।

कम्पनीले उक्त छुट आज जेठ १ गते देखि २५ गतेसम्म मात्र लागु गर्ने जनाएको छ । कम्पनीले र्तोकिएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो ।

कम्पनीका अनुसार ब्याज छुट सुविधा बीमा अवधिभरमा एकपटकमात्र उपभोग गर्न सकिने कम्पनीले जनाएको छ । साथै कम्पनीले सो अवधिमा बाँकी रहेका नविकरण बीमाशुल्कहरु भुक्तानी गरी बीमालेखरु सक्रिय बनाउन सम्पूर्ण बीमित तथा अभिकर्ताहरुलाई अनुरोध गरेको छ ।