काठमाडौं– गोर्खाज फाइनान्स लिमिटेडले २० हजार कित्ता बढि संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले एक सूचना जारी गर्दै संस्थापक शेयरधनीको नाममा रहेको २० हजार २ सय २४ कित्ता शेयर बिक्रीमा ल्याएको जनाएको हो ।
सो शेयर खरिदका लागि कम्पनीका अनुसार सूचना प्रकाशित भएको ३५ दिनभित्र इच्छुक विद्यमान संस्थापक सेयरधनीले काठमाडौं डिल्लीबजारमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा सम्पर्क गरी आवश्यक कागजातसहित आवेदन पेस गर्नुपर्ने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया