कुमारी बैंकको ३ लाख कित्ता बढि संस्थापक शेयर बिक्रीमा

कुमारी बैंकको ३ लाख कित्ता बढि संस्थापक शेयर बिक्रीमा


काठमाडौं– कुमारी बैंक लिमिटेडले ३ लाख कित्ता बढी संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले एक सूचना जारी गर्दै विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ७५ हजार ३०३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको जनाएको हो ।

यो शेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र बैंकका विद्यमान संस्थापक सेयरधनीले काठमाडौं नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिन सकिने जनाएको छ । शेयरको बिक्री मूल्य बिक्रेताले तोकेबमोजिम हुने बैंकले जनाएको छ ।