एनएमबि बैंकले डाक्याे १५.८ प्रतिशत लाभांश पारित गर्न साधारण सभा, हेर्नुस अन्य एजेन्डा

एनएमबि बैंकले डाक्याे १५.८ प्रतिशत लाभांश पारित गर्न साधारण सभा, हेर्नुस अन्य एजेन्डा


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनएमबि बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे हिजाे (मंसिर १३ गते, साेमबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे छब्बीसाैँ वार्षिक साधारण सभा पाैष २२ गते हुनेछ । 

सभामा बैंकको कार्तिक १२ गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १२.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ३.३ प्रतिशत नगद गरी कुल १५.८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा आर्थिक वर्ष २०७७/०७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ अषाढ मसान्तको वासलात र आ.व. २०७७/०७८ को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु पारित गर्ने (सहायक कम्पनीहरु एनएमबि क्यापिटल लिमिटेड र एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेड समेतको एकीकृत वित्तीय विवरणहरु समेत), कम्पनी ऐन, २०६३ को दफा १११ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६३ अनुसार आ.व. २०७८/०७९ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, सभामा बैंकको वर्तमान जारी पूँजी १६ अर्ब ३२ करोड ५९ लाख ६० हजार रूपैयाँबाट वृद्धि गरी १८ अर्ब ३६ करोड ६७ लाख ५ हजार रूपैयाँ पुऱ्याउन स्वीकृति प्रदान गर्ने, बाेनस सेयर जारी भए पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएकोले सोहि बमोजिम बैंकको प्रबन्धपत्रको दफा ६ (ख) र (ग) मा संशोधन गर्ने, बैंकको नियमावलीको नियम ३२ को उपनियम १ को ख (१) मा संशोधन गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधनको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाब भएमा सोही बमोजिम गर्न वा अभिलेख गर्दा गराउँदा केही सामान्य हेरफेर गर्न, संशोधन सम्बन्धी कागजात प्रमाणित गर्न, दाखिला गर्न र अभिलेख गराई लिन समेत सञ्चालक समिति वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी दिने प्रस्तावहरू पनि पारित गरिनेछ । 

बैंकले प्रकाशन गरेकाे सूचना:

\"61a5b1a9b9897.jpg\" \"61a5b1af5aac6.jpg\"