काठमाडौँ– नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भारतले २०१६ मा ५ सय र १ हजार दरका नोट प्रतिबन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे ५ करोड भारतीय रुपैयाँ अहिलेसम्म पनि बुझाउन नसकिएको बताएका छन् । सोमबार प्रतिनिधिसभा अन्तर्गतको अर्थसमिति बैठकमा गभर्नर अधिकारीले यस्तो बताएका हुन्।
बैठकमा बोल्दै गभर्नर अधिकारीले भारतले सन् २०१६ नोबेम्बर ८ मा भारतले ५ सय र १ हजार दरका नोट प्रतिवन्ध लगाउँदा राष्ट्र बैंकसँग रहेको साढे ५ करोड रुपैयाँ अहिलेसम्म फिर्ता गर्न नसकेको बताए । उनले भारतीय पैसा नेपालको बैंकिङ्ग प्रणालीमा कारोबार गरेर भारतलाई बुझाउने व्यवस्था नभएकाले भारतीय पैसाले बैंकिङ्ग कारोबारमा समस्या रहेको बताएका हुन् ।
प्रतिक्रिया