बैंक अफ काठमाण्डू लिमिटेडले गर्यो ग्राहकलाई बीमा दाबी रकम भुक्तानी

बैंक अफ काठमाण्डू लिमिटेडले गर्यो ग्राहकलाई बीमा दाबी रकम भुक्तानी


बैंकिङ्ग समाचार, काठमाडौं ।
बैंक अफ काठमाण्डू लिमिटेडले बिओके सफलता मुद्दती खाता खोली बैंकिङ्ग कारोबार गर्दै आईरहनुभएका श्री गोपाल खत्रीलाई दुर्घटनाजन्य पूर्ण अशक्त्तता वापत रु. पाँच लाखको बीमा दाबी रकम हस्तान्तरण गरेकोे छ । उक्त खातावाहक श्री खत्रीको दुर्घटनामा परी पूर्ण रुपमा अशक्त्तता भएकाले बैंकले बीमा सेवा प्रदायक कम्पनि श्री सिद्धार्थ इन्सुरेन्स कम्पनि लिमिटेडसंग समन्वय गरी रकम हस्तान्तरण गरेको हो । बैंकको लुम्बिनी प्रदेशको नेपालगंज प्रादेशिक कार्यालयका प्रमुख श्री गणेश खत्रीले बीमा दाबी रकम बैंकको निक्षेप ग्राहक श्री गोपाल खत्रीलाई हस्तान्तरण गर्नुभयो । 

बैंकले हाल ९१ शाखा कार्यालयहरु, ८२ एटिएम र १० एक्स्टेन्सन काउन्टर मार्फत आफ्ना ग्राहक महानुभावहरुलाई बैंकिङ्ग सेवा तथा सुविधा प्रदान गर्दै आईरहेको छ ।