शेयर बजारमा २४ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ४० करोड

शेयर बजारमा २४ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब ४० करोड


काठमाडौं– साताकाे काराेबारकाे दाेस्राे शेयर बजार दाेहाेर अंकले बढेर बन्द भएको छ । आज शेयर बजार २४ दशमलव ३९ अंकले बढेर १,९९८ को विन्दुमा कायम भएको छ ।

आज ३२० कम्पनीको ९५ लाख ४१ हजार १७ कित्ता शेयर बिनबेच हुँदा ३ अर्ब ४० करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज १४८ कम्पनीको शेयर मूल्य बढेको छ भने ८५ कम्पनीको शेयर मूल्य घटेको छ । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर किनबेच भएको छ