काठमाडौं– प्रभु इन्स्योरेन्सकाे अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन। कम्पनीकाे २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो।
निर्जिवन बीमा व्यवसायी संघका अध्यक्ष समेत रहेका नेपाल चेम्बर अफ कमर्सका निर्वतमान अध्यक्ष मल्ल निर्जिवन व्यवसायको क्षेत्रमा लामो समयदेखि संलग्न छन्।
इन्स्योरेन्सको सदस्यहरुमा सञ्चालकहरुको तर्फबाट मिजास भट्टचन, राहुल ठोकर लामा, शान्ता गौतम चयन भएका छन। यस्तै सर्वसाधरण सेयर धनीका तर्फबाट रामेश्वर सापकोटा र साङगे लामा चयन भएका छन्।
प्रतिक्रिया