दोहोरो अंकले घटेको सेयर बजारमा कारोबार रकममा पनि गिरावट

दोहोरो अंकले घटेको सेयर बजारमा कारोबार रकममा पनि गिरावट


बैंकिङ्ग समाचार, काठमाडौं ।
कारोबार हुने हप्ताको दास्रो दिन आज (सोमबार) पनि सेयर बजारमा गिरावट आएको छ । अघिल्लो दिन (आइतबार) पनि सेयर बजार भारी अंकले घटेको थियो । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक २१.५१ अंकले घटेर २६२९.९७ विन्दुमा झरेको छ । नेप्से ०.८१ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक भने ५.९२ अंकले घटेर ४९५.५३ विन्दुमा झरेको छ ।  

कूल २२८ वटा कम्पनीको ८२ लाख २५ हजार ८ सय २२ कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ८९ लाख ३७ हजार १ सय ३३ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । 

कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ उपसमूहको सेयर घटेको छ भने बाँकी २ उपसमूहको सेयर बढेको छ । सोमबार होटल र पर्यटन समूहको सेयर सबैभन्दा धेरै घटेको छ भने म्युचुअल फण्ड र हाइड्रोपावरको सेयर बढेको छ । 

आज पनि महालक्ष्मी विकास बैंकको नै लिमिटेड सर्वाधिक कारोबार भएको छ । आज बैंकको ६१ करोड ४ लाख ७५ हजार ३ सय ४० रूपैयाँ बराबरको कारोबार भएको छ । हिजो आइतबार पनि महालक्ष्मी विकास बैंकको सर्वाधिक कारोबार भएको थियो । 

सोमबार न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर मूल्य सर्वाधिक बढेको छ भने आइसिएफसि फाइनान्सको सेयर मूल्य सबैभन्दा धेरै घटेको छ ।