प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल सम्झौता

प्राइम बैंक र नेपाल पेमेन्ट सोलुसन्सबीच डिजिटल सम्झौता


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल पेमेन्ट सोलुसन्सले आफ्नो डिजिटल इकोसिस्टम बिस्तार गर्दै प्राईम बैंकसँग सहकार्यको लागि सम्झौता गरेको छ । नेपाल पेमेन्ट सोलुसन्सकाे तर्फबाट प्रताप श्रेष्ठ, सी.एक्स.ओ र अभय रिजाल, सि बि ओ तथा प्राईम बैंकको तर्फबाट नकुल पौडेल, डिजिटल बिजनेशको इन चार्ज र शिव प्रकाश ढकाल, कार्ड सेन्टरको इन चार्जले आ–आफ्नाे संस्थाको प्रतिनिधित्व गर्दै सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

यस सम्झौता अनुसार नेपाल पेमेन्ट सोलुसन्सले प्राईम बैंकसँग डिजिटल इकोसिस्टम बिस्तार गरेसँगै अब, प्राईम बैंकसँग आवद्ध ग्राहकहरुले  नेपाल पेमेन्ट सोलुसन्सकाे चेक आउट, वन लिन्क, फन्ड ट्रान्सफर, लिंक अकाउन्ट, लोड वालेट जस्ता सम्पुर्ण सेवाहरु उपयोग गर्न पाउनेछन् । नेपाल पेमेन्ट सोलुसन्सले यी सेवाहरु डिजिटल वालेट, रेमिट्यान्स कम्पनीहरु मार्फत उपलब्ध गराएको छ । 

नेपाल पेमेन्ट सोलुसन एक भुक्तानी प्रणाली एग्रीगेटर हो जसले विशेष गरी बैंक तथा वित्तिय संस्थाहरु, पीएस्पीहरु, रेमिट्यान्स कम्पनीहरु र व्यवसायिक क्षेत्रहरुमा केन्द्रित रहेर काम गर्ने गर्दछ। नेपाल पेमेन्ट सोलुसनले अधिकाशं “क” वर्ग, “ख” वर्ग र “ग” वर्गका बैंक तथा अन्य वित्तिय संस्थाहरुसँग सहकार्य गरी काम गरी रहेको छ ।