निर्जीवन बीमा कम्पनीको नाफा ५५% ले बढ्यो,कसको कति ?

निर्जीवन बीमा कम्पनीको नाफा ५५% ले बढ्यो,कसको कति ?



काठमाडौँ–निर्जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्मको आफ्ना वित्तीय विवरण अनुसार कम्पनीहरुले यस चैत मसान्तसम्ममा ५ अर्ब ६५ करोड १३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

गत आर्थिक वर्षको सोही अवधिमा यी कम्पनीहरुले ३ अर्ब ६४ करोड ४६ लाख २१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

यस अवधिमा राष्ट्रिय बीमा कम्पनीको नाफा गत वर्षको तुलनामा २४ प्रतिशतले घटेको हो भने नेको इन्स्योरेन्सको नाफा १ दशलमव ६९ प्रतिशतले घटेको हो ।

यस अवधिमा सबैभन्दा धेरै नेपाल इन्स्योरेन्स कम्पनीले नाफा आर्जन गरेको छ । यस अवधिमा कम्पनीले ६१ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १०१ प्रतिशतले बृद्धि गरेको हो । नाफा बृद्धिमा हेर्ने हो भने प्रभु इन्स्योरेन्स रहेको छ । प्रभु इन्स्योरेन्सले गत वर्षको तुलनामा नाफा २३७ प्रतिशतले बृद्धि गरेको छ । कम्पनीले यस अवधिमा नाफा ३९ करोड १४ लाख रुपैयाँ आर्जन गरेको छ ।

त्यस्तै, आइजिआइ प्रुडेन्सियल इन्स्योरेन्सले समिक्षा अवधिमा ४६ करोड ७६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा १८१ प्रतिशतले बढेको हो । ओरिएण्टल इन्स्योरेन्सले गत वर्षको तुलनामा नाफा १७ प्रतिशतले बृद्धि गरेको छ । यस अवधिमा कम्पनीले ४६ करोड १७ लाख रुपैयाँ नाफा कमाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत वर्षको तुलनामा नाफा १६२ प्रतिशतले बृद्धि गरी ६० करोड ६५ लाख रुपैयाँ पुर्याएको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा १०९ प्रतिशतले बृद्धि भएको छ । यस अवधिमा कम्पनीले ५९ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले यस वर्ष ४७ करोड ५४ लाख रुपैयाँ नाफा कमाएको छ ।