महालक्ष्मी विकास बैंकद्वारा २१.०५ % लाभांश घोषणा

महालक्ष्मी विकास बैंकद्वारा २१.०५ % लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
महालक्ष्मी विकास बैंकले गत आव २०७७/ ७८ को मुनाफाबाट २१ दशमलव शून्य ५ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनीले चुक्तपूँजीको २० प्रतिशतले हुन आउने बोनस शेयर तथा कर प्रयोजनका लागि १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश शेयरधनीलाई वितरण गर्ने घोषणा गरेको हो ।

उक्त घोषणा कम्पनीको आइतवार बसेको सञ्चालक समितिको बैठकले गरेको हो । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन् ।

हाल  कम्पनीको चुक्तापूँजी रू. ३ अर्ब ३४ करोड २४ लाख २ हजार रहेको छ । 

 

\"\"