ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन

ग्लोबल आइएमई बैंकको शेयर मूल्य समायोजन


बैंकिङ्ग समाचार, काठमाडौं ।
मंसिर १३ गते सोमबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्लोबल आइएमई बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन बैंकको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ३ सय ३२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। आईतबारर बैंकको शेयर प्रतिकित्ता ३६५ रुपैयाँ २० पैसामा अन्तिम कारोबार भएको थियो। यहि समायोजित मूल्यलाई आधारमा मानेर सोमबार बैंकको शेयर कारोबार खुल्नेछ।

बैंकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश गरी १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो। मंसिर २७ गते हुने बैंकको १५ औं वार्षिक साधारण सभाले उक्त प्रस्तावित लाभांस अनुमोदन गर्ने छ। सभा नेपाल प्रज्ञा प्रतिस्थापन कमलादी काठमाडौमा हुने छ।