शेयर बजारमा ८ अंकको वृद्धि, कारोबार रकम ३ अर्ब १५ करोड


काठमाडौं– आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ८ दशलमव २६ अंकले बढेर १,९७४ को विन्दुमा कायम भएको छ। आज ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब १५ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

आज १२७ कम्पनीको शेयर मूल्य बढेको छ भने १११ कम्पनकिो शेयर मूल्य घटेको छ। आज सबैभन्दा धेरै सांग्रिला डेभलपमेन्ट बैंकको शेयर कारोबार भएको छ।