हिमालयन बैंक लिमिटेडको मणिग्राममा नयाँ शाखा सञ्चालन

हिमालयन बैंक लिमिटेडको मणिग्राममा नयाँ शाखा सञ्चालन


बैंकिङ्ग समाचार, काठमाडौं ।

हिमालयन बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा लुम्बिनी प्रदेश रुपन्देही जिल्लामा स्थित तिलोत्तमा नगरपालिका-०५, मणिग्राम चोक, मणिग्राममा २०७८ साल मंसिर १० गते शुक्रबार देखि मणिग्राम शाखा सञ्चालनमा ल्याएको छ । बैंकले उक्त शाखाहरुबाट सम्पुर्ण ग्राहक महानुभावहरुलाई अत्याधुनिक बैङ्किग सुविधाहरु उपलब्ध गराउनेछन् ।

यस शाखाका साथै हाल बैंकको कूल शाखा संख्या ७२ र विस्तारित काउन्टर संख्या ५ पुगेको छ भने ATM संख्या १४६ र ५००० भन्दा बढी POS Terminals संख्या पुगेको छ ।