ईसेवा मनी ट्रान्सफरले सेवा थालेको ४ वर्ष पूरा

ईसेवा मनी ट्रान्सफरले सेवा थालेको ४ वर्ष पूरा


काठमाडौं– नेपालकै अग्रणी फिन टेक कम्पनी एफवान सफ्ट ग्रुपअन्तर्गत स्थापना भएर संचालनमा आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनी ट्रान्सफरले आफ्नो कार्य थालनीको ४ वर्ष पूरा गरेको छ।

यस रेमिट्यान्स कम्पनीले हाल संसारका २०० भन्दा बढी मुलुकबाट ४५ वटाभन्दा बढी अन्तर्राष्ट्रिय रेमिट्यान्स साझेदारको सहायतामा नेपालमा रेमिट्यान्स भित्र्याउँदै आइरहेको छ।

डिजिटल प्रविधिको माध्यमद्वारा हाल मुलुकका ५० भन्दा बढी बैंक तथा वित्तिय संस्थाहरु १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्र तथा इसेवाका एक लाख भन्दा बढी क्यास प्वाइन्ट,साथै इसेवा वालेटबाट सहजै उपभोक्ताहरुले ईसेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवाको लाभ उठाइरहेका छन्।

कार्य संचालनमा आएसँगै डिजिटल रेमिट्यान्सलाई प्राथमिकता दिँदै आएको यस रेमिट्यान्स कम्पनीले आर्थिक वर्ष २०७९/८० मा रेमिट्यान्स भित्र्याउन एक महत्वपूर्ण योगदान पुर्याएकोमा नेपाल राष्ट्र बैंकबाट पनि सम्मानित भएको छ ।

चौथो वार्षिकोत्सवको अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले भने, ‘कार्य संचालनको ४ वर्षमै ईसेवा मनि ट्रान्सफरले सुलभ, छिटो, विश्वसनीय र परिस्कृत सेवा प्रदान गर्दै विदेशमा रहेका नेपालीहरुको मन जितेर पहिलो रोजाइ बन्न सफल भएकोमा हामी एकदमै खुशी र उत्साहित छौँ। हाम्रो यस सफलताको श्रेय, म सम्पूर्ण साझेदार, नियमनकारी निकाय, कर्मचारी, एजेन्ट, ग्राहक लगायत सम्पूर्ण सुभचिन्तकहरुलाई दिन चाहान्छु।’