आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो

आइतबार सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढ्यो


काठमाडौं – साताको पहिलो कारोबार दिन आइतबार सुनको मूल्य ५०० रुपैयाँले बढेको छ। साताको अन्तिम कारोबार दिन शुक्रबार २३ सय रुपैयाँले बढेको सुनको मूल्य आइतबार ५०० रुपैयाँले बढेको हो।

आइतबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार तेजाबी सुन १ लाख ३७ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुन १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आइतबार प्रतितोला चाँदीको मूल्य १ हजार ७२५ रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ७३५ रुपैयाँमा कारोबार भएको थियो।