यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर, कुन देशको कति ?


काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकले तोकेको मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३१ पैसा र बिक्री दर १३३ रुपैयाँ ९१ पैसामा कारोबार भैरहेको छ ।

त्यस्तै, आज युरो एकको खरिद दर १४३ रुपैयाँ ६५ पैसा र बिक्री दर १४४ रुपैयाँ ३० पैसा पुगेको छ। आज बेलायती पाउण्ड समेत बढेर खरिद दर १६७ रुपैयाँ र बिक्री दर १६७ रुपैयाँ ७५ पैसा पुगेको छ।

आज कतारी रियालको खरिद दर ३६ रुपैयाँ ५६ पैसा र बिक्री दर ३६ रुपैयाँ ७३ पैसा रहेको केन्द्रीय बैंकले जनाएको छ।