२७.३७ % लाभांश पारित गर्दै लक्ष्मी लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न

२७.३७ % लाभांश पारित गर्दै लक्ष्मी लघुवित्तको वार्षिक साधारण सभा सम्पन्न


बैंकिङ्ग समाचार, काठमाडौं ।
लक्ष्मी लघुवित्त वित्तीय संस्थाको १० औं वार्षिक साधारण सभा शुक्रवार सम्पन्न भएको छ । 

जुममार्फत आयोजित सभाले वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्नुका साथै लेखापरिक्षकको प्रतिवेदनसहित गत आवको नाफा/ नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरु छलफल गरी पारित गरेको छ ।

साथै सभाले २० प्रतिशत बोनस शेयर र ७ दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले अन्य कुनै लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि अनुमोदन गरेको छ ।