प्रभु इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक कस्तो ?

प्रभु इन्स्योरेन्सको नाफा बढ्यो, अन्य सूचक कस्तो ?


काठमाडौं– प्रभु इन्स्योरेन्सको नाफा २३७ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड १४ लाख रुपैयाँ खुद नाफा आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षको यस अवधिमा ११ करोड ६१ लाख रुपैयाँ नाफा आम्दानी गरेको थियो ।

चैतसम्ममा इन्स्योरेन्सको खुद बिमा शुल्क आम्दानी २१.५४ प्रतिशतले बढेर ४६ करोड ४३ लाख रुपैयाँ पुगेको छ । यस्तै लगानी तथा कर्जाबाट ११ करोड ६३ लाख रुपैयाँ आम्ददानी गरेको छ। यो गत वर्षको तुलनमामा ४८.३० प्रतिशतले बढि हो।

हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड रुपैयाँ छ भने रिटेन अर्निङमा १० करोड ३४ लाख रुपैयाँ छ।