जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा उद्यान, पुस्तकालय र शिव मन्दिरको समुद्घाटन

जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा उद्यान, पुस्तकालय र शिव मन्दिरको समुद्घाटन


काठमाडौं– जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा निर्माण सम्पन्न भएको अमर प्रहरी स्मारक उद्यान, ‘द लाइब्रेरी क्याफे’ पुस्तकालय र शिव मन्दिरको समुद्घाटन गरिएको छ। शुक्रबार एक समारोहकाबीच उक्त मन्दिर, पुस्तकालय र उद्यानको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा समुद्घाटन गरिएकाे हाे।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) रमेश थापाले प्रहरीकाे स्राेत साधन र स्थानीयकाे सहयाेगमा उक्त उद्यान, पुस्तकालय र अमर प्रहरी स्मारक निमार्ण गरिएको बताए । एसपी थापाले भने, ‘पठनपाठन संस्कृतिले सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्छ भन्ने आशा राखेर पुस्तकालय सञ्चालनमा ल्याएका हौँ’

साथै एसपी थापाले भने, ‘द्वन्द्व,सेवा प्रवाह गर्ने क्रममा मृत्यु भएका साथीहरूकाे सम्झनामा उद्यान पनि सञ्चालमा ल्याएका छौँ । जहाँ हामीले उहाँहरुको सम्झनामा वृक्षारोपण गर्नेछौँ । साथमा हामीले शिव मन्दिरपनि सञ्चालनमा ल्याएका छौँ।’

समुद्घाटन समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख, प्रहरी उपरीक्षक रमेश थापा, स्थानीय जनप्रतिनिधि, सुरक्षा निकायका कर्मचारीहरू, स्थानीय व्यक्ति, पत्रकार लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेकाे थियाे ।