सानिमा रिलायन्स लाइफको नाफा ९२ प्रतिशतले बढ्यो

सानिमा रिलायन्स लाइफको नाफा ९२ प्रतिशतले बढ्यो


काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नाफा ९२.९४ प्रतिशतले बढेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको देखाएको हो । गत आर्थिक वर्षमा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

विवरणअनुसार कम्पनीको खुद बिमा शुल्क ११७.०८ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। कम्पनीको बीमा कोषको आकार २४.१४ प्रतिशतले बढेर १३ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। हालसम्म कम्पनीले कुल १ अर्ब ४१ करोड रुपैयाँ दाबि भुक्तानी गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने कम्पनीको रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ ।