ग्लोबल आइएमई बैंकको आइतवार लाभांश सुरक्षित गर्ने अन्तिम दिन

ग्लोबल आइएमई बैंकको आइतवार लाभांश सुरक्षित गर्ने अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
ग्लोबल आइएमई बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आइतवार (मंसिर १२ गते) रहेको छ ।

बैंकले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर १३ गते बुक क्लोज गर्ने भएसँगै मंसिर १२ गते आइतवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।
बैंकले गत आवको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस शेयर र ३ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव पारितका लागि बैंकले आगामी मंसिर २७ गते साधारण सभा बोलाएको छ । सभा बिहान १० बजे नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने जानकारी गराएको छ ।