सुनको मूल्य एकैदिन तोलामा २३ सय रुपैयाँ बढ्यो

सुनको मूल्य एकैदिन तोलामा २३ सय रुपैयाँ बढ्यो


काठमाडौं– शुक्रबार नेपाली बजारमा सुनको मूल्य २३ सय रुपैयाँले बढेको छ। बिहीबार ८ सय रुपैयाँ घटेको सुनको मूल्य शुक्रबार २३ सय रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार तेजाबी सुन १ लाख ३७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार तेजाबी सुन १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार प्रतितोला चाँदीको मूल्य १ हजार ७३५ रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार प्रतितोला चाँदीको मूल्य एक हजार ६८५ रुपैयाँमा कारोबार भएको थियो । चाँदी शुक्रबार ५० रुपैयाँ बढेको हो।