छिमेक लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?

छिमेक लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?


काठमाडौं– छिमेक लघुवित्त वित्तीय संस्थाकाे नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा संस्थााको नाफा २६।९० प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजानिक गर्दै संस्थाले चैतसम्ममा ६४ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाएको उल्लेख गरेको छ। गत वर्षको यसै अवधिमा लघुवित्तले ८८ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

विवरणअनुसार संस्थाको खुद ब्याज आम्दानी २.८५ प्रतिशतले घटेर २ अर्ब ५ करोड रुपैयाँमा पुगेको छ भने सञ्चालन आम्दानी ५.२० प्रतिशतले घटेर २ अर्ब २६ करोडमा पुगेको छ।

यस अवधिमा संस्थाको निक्षेप संकलन ७.१६ प्रतिशतले बढेर ३२ अर्ब ९१ करोड रुपैयाँ पुगेको छ भने कर्जा लगानी ५.१३ प्रतिशतले बढेर ३३ अर्ब ९० करोड रुपैयाँ पुगेको छ।

हाल संस्थाको चुक्ता पुँजी २ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ अर्ब ५९ करोड रुपैयाँ छ।