नेशनल लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?

नेशनल लघुवित्तको नाफामा गिरावट, अन्य सूचक कस्तो ?


काठमाडौं– चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नेशनल लघुवित्त वित्तीय संस्थाको नाफा ६.१६ प्रतिशतले घटेको छ । संस्थाले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा १९ करोड ७ लाख ५४ हजार रुपैयाँमा नाफा कमाएको देखाउँछ । संस्थाले गत आर्थिक वर्षको चैत मसान्तसम्ममा २० करोड ३२ लाख ७६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

संस्थाको खुद ब्याज आम्दानी भने ३१.०७ प्रतिशतले बढेर ५९ करोड २३ लाख रुपैयाँ पुगेको छ भने खुद सञ्चालान आम्दानी २२.८५ प्रतिशतले बढेर ७५ करोड ४९ लाख रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा संस्थाको निक्षेप संकलन १९.५८ प्रतिशतले बढेर ५ अर्ब ४० करोड रुपैयाँ पुगेको छ । हाल उक्त संस्थाको चुक्ता पुँजी १ अर्ब १६ करोड रुपैयाँ छ भने जगेडा कोषमा १ अर्ब २४ करोड र रिटेर्न अर्निड ४२ करोड २३ लाख रुपैयाँ छ।