नागरिक लगानी कोषको नाफा १३ प्रतिशतले बढ्दा, प्रतिशेयर आम्दानी घट्यो

नागरिक लगानी कोषको नाफा १३ प्रतिशतले बढ्दा, प्रतिशेयर आम्दानी घट्यो


काठमाडौ.– नागरिक लगानी कोषले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मकाे वित्तीय विवरण सार्वजानिक गरेको छ। सार्वजनिक वित्तीय विवरणमा काेषले १३ प्रतिशतले नाफा बढाएको छ ।

गत चैतसम्ममा कोषले ८८ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिमा ७७ करोड ७९ लाख खुद नाफा कमाएको कम्पनीले यर्स नाफा १३.४३ प्रतिशतले बढाएको हो। कोषको ब्याज आम्दानी र कमिसन आम्दानी बढ्दा नाफा बढेको हो।

गत आर्थिक वर्षमा ३० करोड ५० लाख रहेको ब्याजआम्दानी चालु आर्थिक वर्षमा बढेर ३५ करोड ३२ लाख पुगेको छ। त्यस्तै, कमिसनबाट हुने आम्दानी ९३ करोड रुपैयाँबाट बढेर १ अर्ब ४ करोड पुगेको छ। हाल ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ छ।

कम्पनीले पूँजी बढाए अनुसार आम्दानी बढाउन नसक्दा उसको प्रतिशेयर आम्दानी भने घटेको छ। यस वर्ष कोषले बोनश शेयरमार्फ पूँजी २५ प्रतिशतले बढाएको थियो। कम्पनीको प्रतिशेयर आम्दानी २४ रुपैयाँ ४ पैसाबाट घटेर २२ रुपैयाँ १४ पैसामा झरेको छ। उसको प्रतिसेयर नेटवर्थ भने १७१ रुपैयाँ ४१ पैसा छ।