माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था

माछापुच्छ्रे बैंकको सहयोगमा नारायणहिटि दरबार संग्रहालयमा मोबाईल लकरको व्यवस्था


 बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंक लि.ले नारायणहिटि दरबार संग्रहालय घुम्न आउने आगुन्तकहरुको लागि मोबाईल लकर नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिलाई हस्तान्तरण गरेको छ । नारायणहिटि दरबार संग्रहालय तथा गणतन्त्र स्मारक ब्यवस्थापन तथा संचालन विकास समितिको आज भएको एक औपचारिक कार्यक्रममा संस्कृति,पर्यटन तथा नागारिक उड्डयन  मन्त्रालयका सचिव श्री यादव प्रसाद कोईला ज्यू र माछापुच्छ्रे बैंकका अध्यक्ष श्री डा.वीरेन्द्र प्रसाद महतो ज्यूले उक्त मोबाईल लकरको संयुक्त रुपमा रविन कटि उद्घाटन गर्नुभयो । आगुन्तकहरुले अब दरबार संग्रहालय घुम्न आउदाँ आफ्नो मोबाईल फोन लकरमा  सुरक्षित राखी निस्फित्री भएर भ्रमण गर्न सक्नु हुन्छ ।

माछापुच्छे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६२ बटा शाखाहरु र १५४ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३२२ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ् सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०० बटा एटीएमहरु संचालनमा रहेको छन् ।