संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै

संसदको बजेट अधिवेशन आजबाट सुरु हुँदै


काठमाडौं– संघीय संसदको बजेट अधिवेशन आज (वैशाख २८ गते) देखि प्रारम्भ हुँदैछ। अधिवेशनको पहिलो बैठक आज दिउँसो २ बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रीपरिषद्को सिफारिसमा वैशाख २० गते संसदको दुवै सदनको अधिवेशन आह्वान गरेअनुरुप सदनको बजेट अधिवेशन प्रारम्भ हुन लागेको हो ।

आगामी आर्थिक वर्षको आयव्ययको अनुमानित विवरण (बजेट) जेठ १५ मा संसदमा पेस गर्नुपर्ने संवैधानिक प्रावधान छ ।