नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न शिवम् सिमेन्ट्सको अनुरोध

नगद लाभांश वितरणको लागि बैंक खाता अद्यावधिक गर्न शिवम् सिमेन्ट्सको अनुरोध


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिमेन्ट्स लिमिटेडले नगद लाभांश वितरणको लागि शेयरधनीलाई हितग्राही खातामा बैंक अद्यावधिक गर्न अनुरोध गरेको छ । कम्पनीले कात्तिक १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारीत २९ प्रतिशत नगद लाभांश (कर सहित) पठाउनका लागि हितग्राही खातामा बैंक खाता अद्यावधिक गर्न अनुरोध गरेको हो ।

कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएको शेयरधनीको हकमा कात्तिक २३ गते देखिनै पठाएको र हितग्राही खातामा बैक खाता अद्यावधिक नगराएका शेयरधनी र हालसम्म पनि आफ्नो शयर अभौतिकीकरण नगराएका शेयरधनीलाई शेयर अभौतिकीकरण गराई सो सँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराएपछि नगद लाभांश प्राप्त गर्नेछन् ।