१ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्दै मेरो माइक्रोफाइनान्स

१ लाखभन्दा बढी कित्ता संस्थापक शेयर विक्री गर्दै मेरो माइक्रोफाइनान्स


बैंकिङ्ग समाचार, काठमाडौं ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १ लाख ४ हजार ८०० कित्ता संस्थापक शेयर शुक्रवारदेखि लिलामीमा विक्री खुला भएको छ । कम्पनीले विभिन्न संस्थापक शेयरधनीहरुले विक्री गर्न चाहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरी विक्रीमा ल्याएको हो ।

यो शेयर खरिदको लागि आवेदन पेश गर्ने मिति आगामी ३५ दिनसम्म तय गरिएको छ । यो शेयरको मूल्य प्रतिकित्ता ५५० रुपैयाँ तोकिएको छ । तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट आवेदन नपरेमा भने अन्य व्यक्ति तथा संस्थाहरुमा विक्री गरिने जानकारी समेत कम्पनीले गरेको छ ।

शेयर खरिदका लागि आवेदन कम्पनीको केन्द्रिय कार्यालय सितापाईला, काठमाडौंमा पेश गर्नुपर्नेछ ।