बिन्ध्यबासिनी हाइड्रोपावरले बोलायो १०% लाभांश पारित गर्न पाँचौं साधारण सभा

बिन्ध्यबासिनी हाइड्रोपावरले बोलायो १०% लाभांश पारित गर्न पाँचौं साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडले पुस २ गते पाँचौं वार्षिक साधारण सभा बोलाएको छ ।

कम्पनीले आफ्नै कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे भर्चुअल र भौतिक दुवै माध्यमबाट एकैसाथ सभा बोलाएको हो । कम्पनीको मंसिर २ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक वर्ष २०७७/७८ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै सभाले सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने, सञ्चालक समितिले गरेका निर्णय अनुमोदन गर्ने, कम्पनीले निष्कासन गर्न लागेको साधारण शेयर सम्बन्धी आवश्यक निर्णय गर्ने लगायतका प्रस्ताव पनि पारित गर्नेछ ।