नेपाल बैंकले डाक्यो लाभांश पारित गर्न साधारण सभा

नेपाल बैंकले डाक्यो लाभांश पारित गर्न साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
बैंकको हिजो (मंसिर ९ गते, बिहिबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको ६२ औँ वार्षिक साधारण सभा पौष २ गते, शुक्रबार नेपाल बैंक लिमिटेडको केन्द्रिय कार्यालय, धर्मपथ, काठमाडौँमा बिहान ११ः३० बजेदेखि भर्चुअल माध्यामबाट सुरू हुनेछ । 

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ३ प्रतिशत नगद गरी कुल १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि मंसिर २१ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, मंसिर २० गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।