मौद्रिक नीतिको समीक्षा सार्वजनिक, नयाँ व्यवस्था यस्ता छन् (पूर्णपाठ सहित)

मौद्रिक नीतिको समीक्षा सार्वजनिक, नयाँ व्यवस्था यस्ता छन् (पूर्णपाठ सहित)


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल राष्ट्र बैंक चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज (मंसिर १० गते, शुक्रबार) सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले माैद्रिक नीतिकाे समिक्षामा लगानीकर्ताहरूले परिमार्जन हाेला भनी अपेक्षा गरेका नीतिमा भने केही परिवर्तन गरेकाे छैन । समिक्षामा सेयर धिताे कर्जामा लगाइएकाे ४/१२ काे सीमा र सीडी रेसियाे सम्बन्धी नीतिमा केही परिमार्जन हुन्छ भन्ने लगानीकर्ताहरूकाे आश थियाे । तर राष्ट्र बैंकले लगानीकर्ताहरूकाे याे आश भने मेटाउन सकेन । 

मौद्रिक नीतिको समिक्षाले गरेका ९ नयाँ व्यवस्थाहरू :

१. मौद्रिक नीतिको उपर्युक्त कार्यदिशाअनुरुप विद्यमान अनिवार्य नगद अनुपात, बैंक दर र वैधानिक तरलता अनुपात यथावत राखिएको छ।

२. बैंक तथा वित्तीय संस्थाहरुले कर्जा-निक्षेप अनुपात (Credit-Deposit Ratio) २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ।

३. विदेशी विनिमय सञ्चितिको विद्यमान स्थितिलाई दृष्टिगत गरी तोकिएका वस्तुहरुको आयात प्रतीतपत्र खोल्दा अनिवार्य रुपमा नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरिनेछ ।

४. Document Against Payment र Document Against Acceptance को विद्यमान सीमा पुनरावलोकन गरिनेछ ।

५. ड्राफ्ट टि.टि.को माध्यमबाट आयात गर्दा प्रदान गरिने रकमको अधिकतम सटही सुविधासम्म मात्र चाँदी आयात गर्नको लागि सटही सुविधा प्रदान गर्न सक्ने व्यवस्था गरिनेछ।

६. व्यावसायिक कृषि, उत्पादनमूलक उद्योग, पूर्वाधार निर्माण र पर्यटनसँग सम्बन्धित नेपाली फर्म तथा कम्पनीले विदेशबाट संस्थागत ऋण लिन चाहेमा वाणिज्य बैंकहरुले बैंक ग्यारेण्टी जारी गर्न सक्ने व्यवस्था मिलाइनेछ ।

७. विदेशी मुद्रामा लिइने ऋणको ब्याजदर तथा शुल्क लगायतका विद्यमान व्यवस्थामा पुनरावलोकन गरिनेछ।

८. गैर आवासीय नेपालीहरू तथा गैर आवासीय नेपालीहरू संलग्न विदेशी संस्थाहरुबाट विदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने व्यवस्थालाई सरलीकरण गरिनेछ ।

९. विदेशी मुद्राको नन डेलिभरेवल फरवार्ड कारोबारमा रहेको विद्यमान सीमा पुनरावलोकन गरिनेछ। 

मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाकाे पूर्णपाठ तल प्रस्तुत गरिएकाे छ :

\"61a068af7b924.jpg\" \"61a068af97bc0.jpg\" \"61a068b07e2e6.jpg\" \"61a068b08a4cd.jpg\" \"61a068b12e027.jpg\" \"61a068b13f0a2.jpg\" \"61a068b17f904.jpg\" \"61a068b1944b7.jpg\" \"61a068b1dc7df.jpg\" \"61a068b213243.jpg\" \"61a068b248940.jpg\" \"61a068b25e953.jpg\"