सामलिङ्ग पावरको नेप्सेमा प्रतिकित्ता मूल्य रू. २९६.३० मा कारोबार शुरु

सामलिङ्ग पावरको नेप्सेमा प्रतिकित्ता मूल्य रू. २९६.३० मा कारोबार शुरु


बैंकिङ्ग समाचार, काठमाडौं ।
सामलिङ्ग पावर कम्पनी लिमिटेडको शेयर कारोबार आजदेखि दोस्रो बजारमा शुरु भएको छ ।

कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. २९६ दशमलव ३० मा कारोबार शुरु भएको हो । यो समाचार तयार पार्दासम्म कम्पनीको १४ कित्ता शेयर खरीदविक्री भएको छ । 

बुधवार कम्पनीको ५० लाख कित्ता आईपीओ नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको हो ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज रू.९८ दशलमव ७७ देखि २९६ दशमलव ३१ तोकेको थियो । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म मूल्य रेञ्ज तोक्ने गर्दछ । 

कम्पनीले सर्वसाधारणको लागि निष्कासन गरेको ७ लाख ३० हजार कित्ता,उद्योग प्रभावित क्षेत्रका लागि निष्कासन गरेको ५ लाख कित्ता र कम्पनीका संस्थापकहरुको ३७ लाख ७० हजार कित्ता गरेर कुल ५० लाख कित्ता साधारण शेयर सूचीकृत गराएको हो । 

कम्पनीको स्टक कोड एसपीसी रहेको छ ।