लक्ष्मी लघुवित्त सहित तीन ओटा कम्पनीको साधारण सभा शुक्रवार हुँदै

लक्ष्मी लघुवित्त सहित तीन ओटा कम्पनीको साधारण सभा शुक्रवार हुँदै


बैंकिङ्ग समाचार, काठमाडौं ।
शुक्रवार तीन ओटा कम्पनीको साधारण सभा हुँदैछ । गुराँस  लाइफ इन्स्योरेन्स, आरएसडिसी लघुवित्त वित्तीय संस्था र लक्ष्मी लघुवित्त वित्तीय संस्थाले साधारण सभा आयोजना गरेका हुन् ।

लक्ष्मी लघुवित्तले मंसिर १० गते शुक्रवार बिहान ११ बजे अग्रवाल भवन कमलपोखरीमा साधारण सभा बोलाएको छ । सभाले २० प्रतिशत बोनस शेयर र ७ दशमलव ३७ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि समेत वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने र यस कम्पनीले अन्य इजाजतपत्र घ वर्गका लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ । यस कम्पनीको लाभांश कात्तिक २९ गतेसम्म कायम शेयरधनीले पाउनेछन् ।

त्यसैगरी, आरएसडिसी लघुवित्तले आठौं वार्षिक साधारण सभा शुक्रवार बिहान ९ बजे एशियन होटल कालिकानगर बुटवल रुपन्देहीमा गर्ने जानकारी गराएको छ ।
सभाले १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कात्तिक २९ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

त्यस्तै, गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले ११औं वार्षिक साधारण सभा शुक्रवार बिहान ११ बजे कम्पनीको प्रधान कार्यालय राज भवन तीनकुने काठमाडौंमा  गर्ने जानकारी गराएको छ ।

सभाले आव २०७५/७६ को मुनाफबाट ५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि शून्य दशमलव २८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कात्तिक २२ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।