ज्योति विकास बैंकको १५.५ % लाभांश घोषणा

ज्योति विकास बैंकको १५.५ % लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर र सोमा लग्ने कर सहित ४.५ प्रतिशत नगद लाभांश गरी कुल कुल १५.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो।

मंसिर ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

हाल बैंकको चुक्ता पूँजी ३ अर्ब ८४ करोड ४८ लाख २२ हजार ७८१ रुपैयाँ रहेको छ। ११ प्रतिशतका दरले बोनस शेयर वितरण गरेपश्चात बैंकको चुक्ता पूँजी ४ अर्ब २६ करोड ७७ लाख ५३ हजार २८७ रुपैयाँ पुग्नेछ।

 

\"\"