सामलिङ्ग पावर कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कारोबार भोलिदेखि

सामलिङ्ग पावर कम्पनीको शेयर नेप्सेमा सूचीकृत, कारोबार भोलिदेखि


बैंकिङ्ग समाचार, काठमाडौं ।
सामलिङ्ग पावर कम्पनीको  शेयर नेपाल स्टक एक्चेञ्ज (नेप्से)मा सूचीकृत भएको छ । कम्पनीको ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकरण भएको हो ।

कम्पनीले सर्वसाधारणहरुमा वितरण गरेको ७ लाख ३० हजार कित्ता, आयोजना प्रभावित बासिन्दाहरुका लागि निष्काशन गरेको ५ लाख कित्ता र संस्थापकहरुले लगानी गरेको ३७ लाख ७० हजार कित्ता गरी ५० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेले कम्पनीको पहिलो शेयर कारोबारको लागि न्युनतम ९८ रुपैयाँ ७७ पैसा देखि २९६ रुपैयाँ ३१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ । त्यस अनुसार कम्पनीको शेयर बिहीबार देखि कारोबारमा आउनेछ ।

नेप्सेले कम्पनीको शेयरलाई एसपीसी (SPC) कारोबार संकेत प्रदान गरेको छ । उक्त संकेतमा कम्पनीको शेयर कारोबार हुनेछ ।