विद्युत नियमन आयोगमा अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान

विद्युत नियमन आयोगमा अध्यक्ष र तीन सदस्यका लागि दरखास्त आह्वान


काठमाडौं – विद्युत नियमन आयोगले रिक्त अध्यक्ष १ र ३ सदस्य पदको लागि दरखास्त आह्वान गरेको छ । आज वैशाख २६ गते सूचना जारी गर्दै दरखास्त आह्वान गरेको हो।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, सिफारिस समितिले आज सार्वजनिक सूचना जारी गरेर दरखास्त माग गरेको हो।

आयोगको अध्यक्ष र कम्तिमा १ महिला सहित ३ जना सदस्य गरि कुल ४ जनाको लागि दरखास्त आह्वान गरेको हो। २०८१ जेठ ९ गते भित्र आवेदन दिनुपर्नेछ ।