एनआईसी एशिया क्यापिटलको नयाँ योजना सार्वजनिक

एनआईसी एशिया क्यापिटलको नयाँ योजना सार्वजनिक


बैंकिङ्ग समाचार, काठमाडौं ।
एनआईसी एशिया क्यापिटलले लगानी व्यवस्थापन सेवा (पोर्टफोलियो म्यानेजमेन्ट सर्भिस–पीएमएस) अन्तर्गत उच्च प्रतिफल सहितको ‘इनकम ग्यारेन्टेड फण्ड’ नामक उच्च प्रतिफल सहितको लगानी व्यवस्थापन योजना संचालन गरेको छ । 

यो योजना नियमित आय आवश्यक पर्ने, जोखिम लिन नचाहने, अवकाश प्राप्त, गृहणी लगायतका लगानीकर्ताहरुलाई मध्यनजर गर्दै संचालनमा ल्याइएको हो । उक्त योजनामा सहभागी हुनको लागि न्युनतम १० लाख रुपैयाँ लगानीबाट सुरु गर्न सकिनेछ ।  

यस योजना अन्तर्गत लगानीकर्ताहरुले वार्षिक १०.२५ प्रतिशत निश्चित प्रतिफल प्राप्त गर्नेछन् । क्यापिटलले धितोपत्र बजार तथा मुद्रा बजारको समग्र अवस्थाको राम्रोसंग अध्ययन अनुसन्धान गरेर मात्र यस प्रकारको योजनाहरु संचालन गर्ने गरेको छ ।\"\"