आईपीओ निष्कासन गर्ने तयारिमा सिटी होटेल, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक नियुक्त

आईपीओ निष्कासन गर्ने तयारिमा सिटी होटेल, ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धक नियुक्त


बैंकिङ्ग समाचार, काठमाडौं ।
सिटी होटेलले सर्वसाधारणहरूका लागि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ । कम्पनीले जारी पूँजीको १० प्रतिशतका दरले प्रति सेयर अंकित मूल्य १०० रूपैयाँमा साधारण सेयरको सार्वजनिक निष्कासन गर्नको लागि ग्लोबल आइएमई क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  

सो सम्बन्धमा कम्पनी र क्यापिटलबीच हिजाे मंसिर ७ गते, मंगलबार धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

कम्पनीका कार्यकारी निर्देशक अक्षाय गोल्याणको  उपस्थितिमा सम्झौतापत्रमा कम्पनीको तर्फबाट अध्यक्ष शक्ति कुमार गोल्याण र क्यापिटलको तर्फबाट  प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले हस्ताक्षर गरेका छन् ।

कम्पनीले कार्तिक १५ गतेबाट सोल्टिमोड, काठमाडौँमा पाँच तारे होटल, ह्यात प्लेस सञ्चालनमा ल्याएको छ । उक्त होटलमा गोल्याण ग्रुप, कमलेश अग्रवाल, हरिशचन्द्र सुवेदी लगायतका  देशका प्रख्यात उद्यमी व्यापारी वर्गहरुको लगानी रहेको छ ।