आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंक र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने आज (बुधवार) अन्तिम दिन रहेको छ ।

दुवै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बिहीवार (मंसिर ९ गते) बुक क्लोज गर्ने भएसँगै आज (बुधवार) सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले आव २०७७/७८ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्यांक्वेट बत्तिसपुतली, काठमाडौंमा कम्पनीले बताएको छ ।

त्यस्तै, मेरो माइक्रोफाइनान्सले गत आवको मुनाफाबाट शेयरधनीलाई २० प्रतिशत बोनस शेयर र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २४ गते साधारण सभा आयोजना गरेको छ । सभा होटल वाटर टावर विदुर ४ बट्टार नुवाकोटको सभाकक्षमा बिहान ११:३० बजे बोलाएको कम्पनीले जानकारी दिएको छ ।