छिमेक लघुवित्तको १८ हजार कित्ता संस्थापक शेयर विक्रीमा

छिमेक लघुवित्तको १८ हजार कित्ता संस्थापक शेयर विक्रीमा


बैंकिङ्ग समाचार, काठमाडौं ।
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले १८ हजार  कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले बुधवार एक सूचना जारी गर्दै संस्थापक शेयर विक्री गर्ने जानकारी गराएको हो । शेयरको प्रतिकित्ता मूल्य तोकिएको छैन ।

उक्त शेयर खरीद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण सलंग्न गरी कम्पनीको केन्द्रीय कार्यालय मध्य बानेश्वर, काठमाडौंमा निवेदन पेश गर्न अनुरोध गरेको छ ।

उक्त समय अवधिमा शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित नियम अनुसार अन्य व्याक्ति संघ संस्थालाई विक्री गर्ने कम्पनीले जानकारी गराएको हो ।