वाणिज्य बैंकहरुमै कम नेपाल एसबिआई बैंकको लाभांश घोषणा

वाणिज्य बैंकहरुमै कम नेपाल एसबिआई बैंकको लाभांश घोषणा


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ  ।

बैंकको हिजो मंसिर ७ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७र७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी  १.८१ प्रतिशत नगद गरी कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

उक्त प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्विकृत भई र बैंकको आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गरिनेछ  ।

बैंकले प्रकाशन गरेको सूचना:

\"619dc0bc21f91.jpg\"