आइसिएफसी फाइनान्सले १४ प्रतिशत लाभांश पारित गर्न डाक्याे साधारण सभा

आइसिएफसी फाइनान्सले १४ प्रतिशत लाभांश पारित गर्न डाक्याे साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
आइसिएफसी फाइनान्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । फाइनान्सकाे हिजाे (मंसिर ७ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार फाइनान्सकाे अठाराैँ वार्षिक साधारण सभा पाैष ५ गते, साेमबार, आम्रपाली ब्याङ्केवट, भाटभटेनी, काठमाडाैँमा बिहान १० बजेदेखि सुरू हुनेछ ।

सभामा फाइनान्सकाे असाेज २५ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट फाइनान्सका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ४ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर २३ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर २२ गतेसम्म नेप्सेमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्नेछन् ।

\"619dc35a3c79d.jpg\"

\"619dc35a4606d.jpg\"

\"619dc35af2438.jpg\"

\"619dc35aee457.jpg\"