३२.६८ प्रतिशत बम्पर लाभांश पारित गर्न सबैकाे लघुवित्तले डाक्याे साधारण सभा

३२.६८ प्रतिशत बम्पर लाभांश पारित गर्न सबैकाे लघुवित्तले डाक्याे साधारण सभा


बैंकिङ्ग समाचार, काठमाडौं ।
सबैकाे लघुवित्त वित्तीय संस्था लिमिटेडले बुकक्लाेज मिति ताेकेकाे छ । 

संस्थाकाे आज (मंसिर ७ गते, मंगलबार) बिहान बसेकाे सञ्चालक समितिकाे बैठकले साधारण सभा तथा लाभांश वितरण गर्ने प्रयाेजनका लागि मंसिर १७ गतेदेखि पाैष २ गतेसम्म बुकक्लाेज गर्ने निर्णय गरेकाे हाे । त्यसैले, मंसिर १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा काराेबार भइ कायम हुने शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाकाे पाँचाै वार्षिक साधारण सभा पाैष ३ गते, शनिबार हुँदैछ । सभामा संस्थाकाे असाेज १९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि १.६३ प्रतिशत नगद गरी कुल ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।