बुधवार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

बुधवार नेपाल इन्फ्रास्ट्रक्चर बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन


बैंकिङ्ग समाचार, काठमाडौं ।
नेपाल इन्फ्रास्ट्रक्चर बैकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन बुधवार मंसिर ८ गतेसम्म रहेको छ ।

कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि मंसिर ९ गते बुक क्लोज गरेसँगै बुधवारसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् । 
कम्पनीले आव २०७७/ ७८ को मुनाफाबाट शेयरधनीलाई ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्नका लागि कम्पनीले आगामी मंसिर २९ गते साधारण सभा बोलाएको छ । सभा बिहान ९ बजे अनुपम फुडल्याण्ड एण्ड ब्याक्वेंट बत्तिसपुतली, काठमाडौंमा कम्पनीले बताएको छ ।